Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इन्कारी बयानमा महराले भने- सुन तस्करीमा मेरो कुनै संलग्नता छैन, नियतवश फसाउन खोजियो

इन्कारी बयानमा महराले भने- सुन तस्करीमा मेरो कुनै संलग्नता छैन, नियतवश फसाउन खोजियो

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रमा नेता एवम पूर्वसभामुख कृष्णबहादुर महराले इन्कारी बयान दिएका छन् ।

सरकारी वकिलको कार्यालयले हिजो जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको अभियोग पत्रमा आज बहस भएको हो ।

प्रहरीसँगको बयानमा सुन तस्करीका मुख्य अभियुक्त भनिएका चिनियाँ नागरिकसँग पुरानो चिनजानको आधारमा सहयोगमात्र गरेको, तर नियतवश फसाउन खोजिएको बताएका छन् ।

उनले बयानमा भनेका छन्- 'उक्त सुनको अवैध तस्करीमा मेरो कुनै संलग्नता छैन । मैले मेरो परिवारका सदस्यहरूलाई कुनै राजनैतिक संरक्षण गरेको छैन । चिनियाँ नागरिकले भेप (इलेक्ट्रिक सिगरेट) भित्र लुकाई छिपाई लिई आएको सुन अवैध रुपमा नेपाल भिर्त्याउनको लागि मेरो कुनै लगानी छैन, नियतवश फसाउन खोजियो ।'

महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्धा दर्ता गर्दै सरकारी वकिलको कार्यालयले साढे ८ करोड विगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।

चिनियाँ संगठित गिरोहसँग मिलेर भेपमा लुकाएर ३ वर्षअघि सुन तस्करी गराएको प्रकरणमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट सिलसिलेवार रुपमा उन्मुक्ति पाएका महरामाथि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।

केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएका थिए। सीआईबीले यसअघि मुद्दा नचलाइ राखेको थियो।

सुन तस्करीको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए । तर, राजनीतिक शक्तिको आडमा उनीमाथि मुद्दा चलेको थिएन ।

अंतरिम सरकारसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबमा रोकिएका सबै मुद्दाहरू ब्रेक-थ्रु हुन्छन भनेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077