Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

युट्युबर मनोज मानव फेरि पक्राउ, प्रहरीलाई अभद्र व्यवहार गरेको आरोप

युट्युबर मनोज मानव फेरि पक्राउ, प्रहरीलाई अभद्र व्यवहार गरेको आरोप

मंगलवार , आश्विन २८, २०८२

सप्तरी । युट्युबर मनोज मानव (मनोज महतो) प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा फेरि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो । यससँगै उनी छैटौँ पटक पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार मनोजले जिल्ला प्रहरी कार्यालय सप्तरीको कन्ट्रोल रुममा टेलिफोन गरी प्रहरीलाई हप्काएको र अपशब्द प्रयोग गरेको आरोप छ। उनले ‘के काम छ भन्दा तिमीसँग कुरा हुँदैन, तिम्रो एसपी, डीएसपीको नम्बर दे’ भन्दै गालीगालौज गरेको प्रहरीको भनाइ छ।

नम्बर प्राप्त गरेपछि उनले डीएसपीलाई समेत गाली गरेको र अभद्र व्यवहार दोहोर्याएको बताइएको छ। यस घटनापछि प्रहरीको टोलीले उनलाई पक्राउ गरी ७ दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको हो।

सिरहाको लहान नगरपालिका–२४ का स्थायी बासिन्दा महतो हाल काठमाडौंको कीर्तिपुरमा बस्दै आएका थिए। उनलाई यसअघि पनि पटक–पटक विभिन्न आरोपमा पक्राउ गरिएको थियो।

२०७४ असोज २२ गते सार्वजनिक अपराधको कसुरमा सिरहामा, २०८० माघ १२ गते, कात्तिक २१ गते र २०८१ पुस २० गते साइबर ब्युरोले साइबर अपराधसम्बन्धी मुद्दामा, र २०८२ जेठ २८ गते ज्यानसम्बन्धी कसुरमा काठमाडौं प्रहरीले पक्राउ गरेको रेकर्ड छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077