Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सभामुखको दलहरूसँग आज निर्णायक छलफल

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सभामुखको दलहरूसँग आज निर्णायक छलफल

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीलाई तीव्र बनाउँदै सभामुख देवराज घिमिरेले आज प्रमुख राजनीतिक दलहरूसँग निर्णायक छलफल गर्दैछन् ।

संसद् पुनर्स्थापनाको माग अघि सार्दै घिमिरेले बुधबार बिहान ९ बजे ११ राजनीतिक दलका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएका छन् ।

छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टी सहभागी हुनेछन्।

तर राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र आमजनता पार्टीलाई भने छलफलमा निमन्त्रणा गरिएको छैन। सभामुखले प्रतिनिधिसभा विघटनअघि रहेका प्रमुख सचेतकहरूलाई समेत छलफलमा बोलाएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077