Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

निर्धारित समयमा निर्वाचन हुनेमा सभामुख घिमिरेको आशंका

निर्धारित समयमा निर्वाचन हुनेमा सभामुख घिमिरेको आशंका

शनिवार , मंसिर २०, २०८२

विराटनगर । सभामुख देवराज घिमिरेले आगामी निर्वाचनको विषयलाई लिएर प्रमुख राजनीतिक दलहरूबीच अविश्वास गहिरिँदै गएको बताएका छन् ।

वीरता जेसिज, विर्तामोडद्वारा शनिबार आयोजित ‘सङ्कटपछि देशको अर्थतन्त्रः अवसर र चुनौती’ विषयक गोष्ठीमा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

उनले सुरक्षाजन्य कमजोर अवस्थाका कारण निर्धारित समयमा निर्वाचन सम्भावना मन्द हुँदै गएको टिप्पणी गरे ।

सभामुख घिमिरेले मुलुकमा राजस्व सङ्कलन कमजोर हुँदा सामान्य खर्च धान्न पनि सरकारले ऋण लिनुपर्ने अवस्था आएको भन्दै यस्तो बेला निजी क्षेत्रलाई विश्वासमा लिनसक्नुपर्ने धारणा राखे।

उनले भने, ‘मुलुकमा अराजक गतिविधि बढ्दै जाँदा निजी क्षेत्र लगानी गर्न हिचकिचाइरहेको समय छ। सुरक्षाका कारण मनोबल कमजोर भएको छ, त्यसैले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन लाग्नुपर्छ ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077