Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

'युवाहरूले उठाएका सुशासनको आवाजलाई सुनेर देशको भविष्यप्रति नयाँ संकल्प गरौँ'

'युवाहरूले उठाएका सुशासनको आवाजलाई सुनेर देशको भविष्यप्रति नयाँ संकल्प गरौँ'

बुधवार , कार्तिक ५, २०८२

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक भएको बताएका छन् ।

नेपाल सम्वत् ११४६को अवसरमा शुभकामना जारी गर्दै उनले नेपाल संवत्ले संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि व्यक्त गरेका छन् ।

मौलिक इतिहास बोकेको यो सम्वतले नेपालीहरूमा सहिष्णुता, भाइचारा, सामाजिक सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्दै विविधतामाथि एकताको भावना बलियो पारोस् भन्ने कामना उनको छ।

‘युवाहरूले उठाएका भ्रष्टाचार अन्त्य र सुशासनका आवाजहरूले देशको भविष्यप्रति नयाँ संकल्प गर्न जरूरी देखिएको छ’, सभामुखले जारी गरेको सन्देशमा भनिएको छ, ‘ती अपेक्षाहरू पूरा गर्न साझा प्रतिबद्धता, पारदर्शिता र उत्तरदायित्वपूर्ण नेतृत्व आवश्यक छ भन्ने विश्वास व्यक्त गर्दछु।’

सभामुख घिमिरेले युवा पुस्ताको आन्दोलनपछि मुलुकमा शान्ति र स्थायित्व प्राप्त गर्ने प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउनका लागि सरकार, राजनीतिक दलहरू, युवा पुस्ता, नागरिक समाज र सम्पूर्ण नेपाली जनताबीचको साझा सहकार्य अपरिहार्य छ भन्ने विश्वास व्यक्त गरेका छन्।

‘नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो’, उनले भनेका छन्, ‘राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई मुक्ति दिलाई स्वतन्त्र र सम्मानजनक जीवनको आधार तयार गर्नुभएको ऐतिहासिक सम्झनामा नेपाल सम्वत् मनाउने गरिएको छ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077