Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संसद् पुनर्स्थापना हुन्छ, हामी आशावादी छौँ : सभामुख घिमिरे

संसद् पुनर्स्थापना हुन्छ, हामी आशावादी छौँ : सभामुख घिमिरे

मंगलवार , मंसिर ९, २०८२

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वर्तमान राजनीतिक घटनाक्रमको बीचमा संसद् विघटन र संसद् बाहिरबाट प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था नै नभएको बताएका छन् ।

कोशी प्रदेशसभा भवनमा गत भदौ २४ गते आन्दोलनका क्रममा भएको आगजनीपछिको निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले वर्तमान विवाद समाधानको मार्ग न्यायालयमै खुल्ने विश्वास व्यक्त गरे ।

सभामुख घिमिरेले चलिरहेको राजनीतिक विवाद सर्वोच्च अदालतमा पुगेको उल्लेख गर्दै भने, “विषय न्यायालयमा गएको छ। न्याय ठीक ढंगले हुँदा संसद् पुनर्स्थापना भएर जान्छ भन्ने हाम्रो आशा छ।”

सभामुख घिमिरेले कोशी प्रदेशसभामा भएको क्षति दुःखद् भएको र यसको पुनर्निर्माण तथा सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077