काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा विध्वंशको मौका छोपेर चोरी गर्ने एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका-६, टाँडी घर भई काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६, च्यासिन टोल बस्ने २९ वर्षीय विजय लामा रहेका छन् ।
उनलाई प्रहरी वृत्त,नयाँ बानेश्वरले नियन्त्रणमा लिएर बुधबार सार्वजनिक गरेको हो ।
उनले आन्दोलनको क्रममा बुद्धमूर्ति, गणेशमूर्ति,गणेशको मूर्ति अंकित शंख, सिङगिङ बल र आइफोन प्रोम्याक्स १४ एक-एक थान चोरी गरेका थिए ।
उनीमाथि आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ ।