Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । महाशिवरात्रीको दिन पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो । 

पशुपतिमा ड्युटीमा रहेका एक प्रहरीलाई मुक्का र लात्तीले हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले आक्रमण गर्ने युवकको खोजी सुरु गरेको थियो ।

तर, कुट्ने युवकको पहिचान हुन सकेको थिएन ।

जसकारण मंगलबार मात्रै प्रहरीले एक सूचना निकाल्दै प्रहरीमाथि आक्रमण गर्ने ती युवक पहिचानका लागि नागरिकसँग सहयोग माग गरेको थियो ।

नेपाल प्रहरीले पशुपति क्षेत्रको उक्त भिडियोपछि तस्बिर सार्वजनिक गर्दै सूचनाका लागि आग्रह गरेअनुरुप सूचना पाएपछि ती युवकलाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको हो ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077