Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सामाजिक अभियन्ता ‘ई’ र बालेनबीच जुहारी, बालेन भन्छन् - म कार्यकर्ता बन्न तयार छु

सामाजिक अभियन्ता ‘ई’ र बालेनबीच जुहारी, बालेन भन्छन् - म कार्यकर्ता बन्न तयार छु

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा सामाजिक अभियन्ता ‘ई’ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच जुहारी चलेको छ ।

अभियन्ता ‘ई’ ले मेयर शाहलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र व्यवसायी दुर्गा प्रसाईंसँग तुलना गर्दै आलोचना गरेपछि मेयर शाहले कडा जवाफ फर्काएका हुन् ।

अभियन्ता ‘ई’ ले मध्यरातमा गरिएको आफ्नो पोस्टमा लेखेका थिए — 'केपी, बालेन, दूर्गा जस्ता पात्रहरू बीच फेस भ्याल्यूमा वैचारिक भिन्नता होला तर राजव्यवहारिक रूपमा धेरै अन्तर छैन। तिनीहरू आफ्नो अटलता र बर्चस्व कायम गर्न जुनैपनि हदसम्म जान सक्छन्।'

उनले यस्ता पात्रहरूभन्दा विकसित र गतिशील नेतृत्वका लागि समाजमा आत्मसमीक्षा आवश्यक रहेको पनि उल्लेख गरेका थिए।

उक्त टिप्पणीपछि मेयर बालेन शाहले प्रतिउत्तर दिँदै लेखे — '८० वर्ष पुग्दा पनि आफू प्रधानमन्त्री वा अध्यक्ष बन्ने देशमा, मैले ३५ वर्षमै तपाईंहरूलाई आउनुस्, देश चलाउनुस् भनेको छु, ‘ई सर’। सबै जना मिल्नुस्, बालेनलाई मात्र नेता नसोच्नुस्, तपाईंहरू पनि लिडर बन्नुस्। म तपाईंलाई प्रधानमन्त्री वा पार्टीको अध्यक्ष बनाउन तयार छु, सबै नयाँलाई मिलाएर ल्याउनुस्, म कार्यकर्ता बन्न तयार छु।'

शाहले थप लेखे — “देश मलाई नै छोड्ने हो भने म, बिना एक जना मन्त्री, एक्लै देश बनाईदिन सक्छु। तर यस्तो सोचले म बन्छु, देश बन्दैन।”

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077