Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

निर्वाचनको वातावरण बनेन्, संसद् पुनर्स्थापना हुन्छ: पूर्वमहान्यायाधिवक्ता बडाल

निर्वाचनको वातावरण बनेन्, संसद् पुनर्स्थापना हुन्छ: पूर्वमहान्यायाधिवक्ता बडाल

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमहान्यायाधिवक्ता रमेश बडालले पुनर्स्थापना विकल्प हुनुपर्नेमा जोड दिएका छन् ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने- 'वर्तमान सरकारले नैे निर्वाचनको वातावरण बनाएन वा बनाउन चाहेन । एक महिनाको समयावधि हेर्दा सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको अवस्थामा छैन । यस्तो अवस्थामा संसद् पुनर्स्थापना विकल्प हुन्छ।'

प्रतिनिधिसभा पुनर्स्थापना नै उत्तम विकल्प हुने उनको धारणा छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनाइएको थियो ।

उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै फागुन २१ गतेका लागि चुनाव तोकेका छन्।

एमालेले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै यसबारे अदालत जाने निर्णय गरिसकेको छ।

विघटनविरुद्ध अहिलेसम्म दर्ता भएका ९ वटा रिटहरुको कात्तिक १२ गतेका लागि पेसी तोकिएको छ। पेसीपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ अघि बढ्नेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077