Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छिन्।

प्रधानमन्त्री कार्कीले बिहीबार स्वास्थ्य सचिव डा।विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न निर्देशन दिएकी हुन्।

उनले स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेकी छिन्। उनले नर्सको आन्दोलनको विषयमा बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिको बारेमा जानकारी गराउन समेत निर्देशन दिइन्।

देशमा रहेका दक्ष जनशक्तिलाई निकै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएकाले प्रधानमन्त्री कार्कीले उनीहरुको समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने बताइन्।

स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाचौं तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलनमा रहेका छन्।

मन्त्रालयले गत मंसिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिक ३४ हजार ७ सय ३० हुनु पर्ने निर्णय गरेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077