Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा विशेष पूजा अर्चना

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा विशेष पूजा अर्चना

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले जनकपुरस्थित प्रसिद्ध जानकी मन्दिरमा पूजा अर्चना गरेकी छन्।

शुक्रबार सुर्खेतबाट हेलिकप्टरमार्फत पहिलो पटक जनकपुरधाम पुगेकी कार्कीले मन्दिर पुगेर पूजा अर्चना गरेकी हुन्।

प्रधानमन्त्रीको स्वागतका लागि मन्दिर परिसरमा विशेष व्यवस्थासहित रातो कार्पेट समेत बिछ्याइएको थियो। मन्दिरको गर्भगृहमा सम्पन्न पूजामा जानकी मन्दिरका पूजारीहरु महन्त रामतपेश्वर दास र उत्तराधिकारी महन्त रामरोशन दाससँग समेत भेटघाट गरिन्। पूजा पश्चात उनले जनकपुरधाम भ्रमण उपलब्धिमुलक रहेको प्रतिक्रिया दिएकी थिइन्।

जनकपुरधामबाट उनी महोत्तरी जाने कार्यक्रम रहेको छ। त्यहाँस्थित गौशालाको निरीक्षणपछि काठमाडौं फर्किने कार्यतालिका छ।

फागुन २१ गते निर्वाचन सम्पन्न गरेपछि बिदाई हुनुअघि उनी देश दौडाहमा रहेकी छन्। बिहीबार उनले कर्णालीमा रहेको रारा तालको अवलोकन गरेकी थिइन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077