काठमाडौं । थाइल्याण्डसँगको निर्णायक खेलमा ठूलो अन्तरको हार बेहोर्दै नेपाल एएफसी महिला यू–१७ एसियन कप २०२५ को छनोट चरणबाट बाहिरिएको छ ।
थाइल्याण्डको चोनबुरी रंगशालामा शुक्रबार सम्पन्न समूह ‘एफ’ अन्तर्गतको अन्तिम खेलमा घरेलु टोली थाइल्याण्डले नेपाललाई १२–० गोलअन्तरले पराजित गरेको हो ।
खेलको पहिलो हाफमा नै थाइल्याण्डले ८ गोल गर्दै नेपालमाथि एकतर्फी दबाब सिर्जना गर्यो । दोस्रो हाफमा थप ४ गोल गर्दै घरेलु टोलीले जित सुनिश्चित गर्यो ।
थाइल्याण्डका खेलाडीहरूले उच्च स्तरको पासिङ, स्पीड र फिनिशिङ प्रदर्शन गरे भने नेपाली खेलाडीहरू अधिकांश समय डिफेन्समै सीमित रहे ।
यो जितसँगै थाइल्याण्डले समूह ‘एफ’ का दुवै खेल जित्दै ६ अंक जोड्यो र अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै आगामी वर्ष चीनमा आयोजना हुने एएफसी महिला यू–१७ एसियन कपमा स्थान पक्का गर्यो ।
नेपालले आफ्नो पहिलो खेलमा तुर्कमेनिस्तानसँग ०–० को बराबरी खेलेको थियो। तर दोस्रो खेलमा ठूलो अन्तरको हार बेहोर्दै नेपालको अभियान यहीसँग समाप्त भएको हो।