Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्थमन्त्री खनाल र सिङ्गापुरका राष्ट्रपति थरमनबिच भेटवार्ता

अर्थमन्त्री खनाल र सिङ्गापुरका राष्ट्रपति थरमनबिच भेटवार्ता

शनिवार , कार्तिक १, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगारत्नमसँग भेटवार्ता गरेका छन्।

विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका खनालले ‘साइडलाइन’ बैठकमा राष्ट्रपति थरमनसँग भेट गरेका हुन्।

भेटको अवसरमा मन्त्री खनालले नेपालमा भएको राजनीतिक विकासक्रम र आर्थिक प्राथमिकताको विषयमा छलफल भएको बताए। उक्त भेटमा राष्ट्रपति थरमनले दु्रत गतिको आर्थिक समृद्धि हासिल गर्न पाँच मुख्य कुरामा ध्यान दिन आग्रह गर्नुभएको यहाँस्थित दूतावासले जनाएको छ ।

राष्ट्रपति थरमनले मानव पुँजी, पूर्वाधार, ऊर्जा, व्यापार र खुलापनमार्फत द्रुर्त गतिको विकास हासिल गर्न सकिने विषयमा जोड दिएका। अर्थमन्त्री खनालले अन्तरराष्ट्रिय वित्त निगम ९आइएफसी०का कार्यवाहक क्षेत्रीय उपाध्यक्ष एलेन फरलेमुसँग पनि भेटवार्ता गरेका छन्।

भेटवार्ताका अवसरमा आईएफसीसँगको साझेदारी, नेपालको निजी क्षेत्रको वृद्धिको लागि सहयोगलगायतका विविध आर्थिक विषयमा छलफल भएको डिसीस्थित नेपाली राजदूतावासले जनाएको छ।

भेटघाटको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, अर्थमन्त्रालयका अधिकारी र आइएफसीका प्रतिनिधिको सहभागिता थियो।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077