Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारी बजेट अर्थमन्त्री-सचिवले आफ्नो कम्पनीमा लगानी गरे भन्नु गलत हो: अर्थमन्त्री खनाल

सरकारी बजेट अर्थमन्त्री-सचिवले आफ्नो कम्पनीमा लगानी गरे भन्नु गलत हो: अर्थमन्त्री खनाल

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान व्यवस्थामा कुनै पनि मन्त्री, कर्मचारीले सरकारको बजेट बचाएर आफ्नो प्राइभेट कम्पनीमा जम्मा गर्नै नसक्ने बताएका छन् ।

बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारी बजेट बचाएर अर्थमन्त्री, सचिवहरूले आफ्नो निजी कम्पनीमा लगानी गरेको भन्ने आरोपको खण्डन गरेका हुन् ।

जिम्मेवार निकायमा व्यक्तिले त्यस्तो हिम्मत गर्न नसक्ने भन्दै खनालले भने- 'नेपाल सरकारको १२० अर्बलाई बचाएर तिम्रो आफ्नै कम्पनी, अर्थसचिवको कम्पनीमा लगानी गर्नुभयो भनेर भनियो त्यो सम्भव छैन । वर्तमान व्यवस्थामा कानून बमोजिम सरकारको कुनै पनि मन्त्री, कर्मचारीले सरकारको बजेट बचाएर आफ्नो प्राइभेट कम्पनीमा जम्मा गर्न सक्दैन ।'

उनले पछिल्लो समय गलत सूचनाहरूको बाढी नै आएकाले त्यस्तोमा सांसद्हरुलाई विश्वास नगर्न समेत आग्रह गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077