Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कानुनी राज्यमा कसैलाई पनि सडकबाट अपराधिकरण गर्ने छुट छैन: अर्थमन्त्री खनाल

कानुनी राज्यमा कसैलाई पनि सडकबाट अपराधिकरण गर्ने छुट छैन: अर्थमन्त्री खनाल

सोमवार , मंसिर १५, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कानुनी राज्यमा कसैलाई पनि सडकबाट अपराधिकरण गर्ने छुट नभएको बताएका छन् ।

आज नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औँ वार्षिक साधारण सभामा उनले गल्ती गर्नेलाई कानूनले सजाय दिने बताएका हुन् ।

उनले आन्दोलनमा निजी क्षेत्रमाथी प्रहार हुने गरेको उल्लेख गर्दै कानूनी राज्यमा कसैको सम्पतीमाथी हमला गर्नु सह्य नहुने चेतावनी समेत दिएका छन् ।

लगानी गर्नेले कुनै गल्ती गरेको भएमा कानूनअनुसार कारबाही हुने भन्दै उनले भने- 'सम्पती सिर्जना गर्ने व्यक्तिले व्यक्तिगत तवरले कुनै गल्ती गरेको छ भने उसलाई कारबाही गर्ने कानुनहरु हुन्छन्, कानुनसंवत ढंगले कुनैपनि व्यक्तिलाई अपराधिकरण गर्ने वा कारबाही गर्ने हो । सडकबाट कसैलाई औला ठडाएर अपराधिकरण गर्नु चाँही कानुनी राज्यमा मिल्दै मिल्दैन ।'

सडकबाट अपराधि करार गरेर निजी सम्पतीमाथी हमला गर्न नमिल्ने उनको भनाई थियो ।

नेपालमा नेपाली वा विदेशी जसले सम्पती सिर्जना गरेपनि त्यो मुलुकको सम्पती हुने उल्लेख गर्दै भने- 'मुलुकमा जो सुकैले सम्पती सिर्जना गरेपनि कसैले हाईड्रोपावर बनायो, कसैले डिर्पामेन्ट स्टोर खोल्यो, कसैले होटल बनायो, कसैले उद्योग स्थापना गर्‍यो भने त्यो मुलुकको सम्पत्ति हो ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077