काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले संविधान अनुसार आउँदो हप्ता नयाँ सरकार बन्न सक्ने बताएका छन् ।
नेपाल नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।
बिहीबार सम्म निर्वाचन आयोगले सामानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरेपछि संविधान अनुसार नयाँ सरकार तीव्र गतिमा अघि बढ्ने उनले बताए
उनले भने- 'आगामी हप्ता नयाँ सरकार बन्छ होला, मैले विश्राम लिने बेला भयो । सरकारले आर्थिक परिसूचकमा देखिन गएको संकेत अनुसार काम गर्न सकोस् ।'
आफूले पनि अब विश्राम लिने बेला भएको उनले बताए । साथै उनले अति छोटो अवधिको यो सरकारले केही काम गरेको र बाँकी आगामी सरकारलाई हस्तान्तरण गरिने बताए।