Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

तिहारलक्षित सुरक्षा योजनाः काठमाडौंमा राति ९ बजेपछि देउसीभैली खेल्न नपाइने

तिहारलक्षित सुरक्षा योजनाः काठमाडौंमा राति ९ बजेपछि देउसीभैली खेल्न नपाइने

शनिवार , कार्तिक १, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति ९ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ। नेपाली मौलिकता झल्कने गरी तिहारमा राति ९ बजेसम्म देउसी-भैलो खेल्न प्रशासनले अनुमति दिएको हो।

शुक्रबार प्रशासन कार्यालयले सूचना जारी गर्दै दिपावलीको अवसरमा देउसीभैलोलगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले बेलुका नौ बजेसम्म मात्रै गर्न र कुनै गुनासो नआउने गरी मात्र खेल्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

सूचनामा भनिएको छ- 'सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुने गरी देउसीभैलो खेल्न पाइने छैन । सार्वजनिक स्थान, पदमार्ग, सडकमार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई वाधा पर्ने गरी कुनैपनि प्रकारको पूजा मण्डप वा दीपावली उत्सव थल बनाउन पाइने छैन ।'

कार्यालयले मैनवत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न नगराउन सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ ।

माजिक जनजीवन, सार्वजनिक मर्यादा र शान्ति खलल पार्ने कानून विपरित कौडा, गोटी, लङ्गुरबुर्जा खेल्नसमेत प्रशासनले निषेध गरेको छ। अनलाईन माध्यमबाट हुनसक्ने अबैध कारोबार र ठगीबाट बच्न उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।

अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मुल्यवृद्धि, म्याद नाघेका वस्तु विक्री वितरण गर्नेलगायतका उपभोक्ता हित विपरीतका कार्य नगर्न भनिएको छ । सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, तोकिएको भाडादर भन्दा बढी भाडा नलिने, ट्राफिक नियम पालना गर्ने र गराउने कार्य गर्न समेत ध्यानाकर्षण गराइएको छ ।

व्यवसायिक प्रतिष्ठान, होटल रेष्टुरेण्ट तथा मनोरञ्जनात्मक स्थलले आफ्नो व्यापार सञ्चालन गर्दा तोकिएको समयसीमा र मापदण्ड पालना गर्न सूचित गराइएको छ।

अटेरी गरी नियम पालना नगरेमा कानुन बमोजिम कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077