Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बन्न नसकेकी डा. संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बन्न नसकेकी डा. संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

स्वास्थ्य सेवा विभागमा आर्थिक वर्ष २०८०÷८१ मा मेसिन खरिदमा अनियमितता गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो । उनीसहित १४ जनाविरुद्ध १४ करोड ६ लाख ८५ जहार ५ सय रुपैयाँ बराबरको बिगो दाबी गरिएको अख्तियारले जनाएको छ ।

मिश्रा केही दिनअघि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तिरिम सरकारमा मन्त्री बन्नेहरूको सूचीमा थिइन् । प्रधानमन्त्री कार्कीले असोज ५ गते स्वास्थ्य मन्त्रीका लागि मिश्राको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेकी थिइन् । तर, अन्तिम समयमा उनको नाम काटिएको थियो । मन्त्री बन्नका लागि राजिनामा दिएकी मिश्रा अन्ततः यही मुद्दासम्बन्धी विवाद चर्किएपछि अन्तिम समयको मन्त्री बन्न सकिनन् ।

तत्कालीन महानिर्देशक मिश्रासहित विभागका तत्कालीन निर्देशक डा. श्रवणकुमार थापा, वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्रप्रसाद चौरसिया, विभागका निर्देशक डा. विवेककुमार लाल, प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, विभागका कानून अधिकृत सीता घिमिरे, वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक अधिकारी, शाखा अधिकृत यादवप्रसाद सापकोटा, लेखा अधिकृत शम्भुप्रसाद ढकाललाई विपक्षी बनाई मुद्दा दायर गरिएको छ ।

त्यसैगरी, अख्तियारले स्वास्थ्य सेवा विभागका बायोमेडिकल इन्जिनियर आशिष चौहान, बायोमेडिकल इन्जिनियर पद्म मिश्र, पथलैयाका जनस्वास्थ्य निरीक्षक सञ्जयकुमार साह र म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालिका सुन्दर भुसाललाई समेत विपक्षी बनाइएको छ ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) बमोजिम जरिवाना सजाय र बिगो असुल हुने गरी माग दाबी गरिएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077