Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

पूर्वअतिरिक्त सचिव मिश्रासँग विशेष अदालतले माग्यो ५ लाख धरौटी

पूर्वअतिरिक्त सचिव मिश्रासँग विशेष अदालतले माग्यो ५ लाख धरौटी

बुधवार , माघ ७, २०८२

काठमाडौं । विशेष अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रासँग ५ लाख धरौटी माग गरेको छ ।

बुधबार विशेष अदालतका न्यायाधीहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पछि ठहरेबमोजिम हुने गरी पुर्पक्षका लागि धरौटीमा छाड्न आदेश दिएको हो ।

‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई यी प्रतिवादी संगीता कौशल मिश्राबाट प्रस्तुत मुद्दा पुर्पक्षको लागि नगद धरौटी रु ५,००,००० (अक्षरुपी पाँच लाख रुपैयाँ) वा सो बराबरको बैंक जमानत लिई निजलाई तारेखमा राख्नू । उक्त नगद धरौटी वा बैंक जमानत नदिए विशेष अदालत नियमावली, २०७० को नियम३० को उपनियम (२) बमोजिम थुनुवा पूर्जी दिई थुनामा राख्न सम्बन्धित कारागारमा पठाईदिनू,’ आदेशमा भनिएको छ ।

उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा स्वास्थ्य सामग्री खरिद विवादित बनेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै विभागकी तत्कालीन महानिर्देशक डा. मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

त्यसैको उजुरीमाथि अख्तियारले छानबिन अघि बढाएको थियो । यही कारण मिश्रा स्वास्थ्यमन्त्री बन्नबाट पनि रोकिएकी थिइन् ।

असोज ६ गते प्रधानमन्त्री सुशीला कार्कीले मिश्रालाई स्वास्थ्यमन्त्री बनाउने गरी अरू चारजनासमेतको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् । स्वास्थ्यमन्त्री बन्ने निश्चित भएपछि त्यसको पूर्वसन्ध्याहमा मिश्राले अतिरिक्त सचिवबाट राजीनामा समेत दिएकी थिइन् ।

तर ठेक्कामा विवादमा तनिएको समाचाहरु बाहिरिएपछि मिश्राको मन्त्री पद गुमेको समेत गुमेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077