Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विदेशी नागरिकको गतिविधिबारे सूचना संकलन गरिने

विदेशी नागरिकको गतिविधिबारे सूचना संकलन गरिने

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । गृह मन्त्रालयले विदेशी नागरिकको गैरकानुनी उपस्थिति र गतिविधिको बारेमा सूचना संकलन गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । 

गृह मन्त्रालयले आइतबार सबै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाई उक्त निर्देशन दिएको हो । 

“विदेशी नागरिक अनुगमन निर्देशिका, २०७५ मा व्यवस्था भएअनुसार जिल्ला अनुगमन समितिको बैठक नियमित रुपमा आयोजना गर्ने,” गृहले निर्देशनमा भनेको छ, “विदेशी नागरिकको गैरकानुनी उपस्थिति र गतिविधिको बारेमा सूचना संकलन, नियमन गरी गैरकानुनी प्रवेशलाई नियन्त्रण गर्ने ।”

निर्देशनमा सीमा क्षेत्रमा अवैध तस्करी गर्नेलगायत राजस्व हिनामिना गर्ने व्यक्ति तथा समूह र स्थान उपर कडा निगरानी एवम् कारवाही गर्न पनि भनिएको छ ।

सूचना संकलन र शंकास्पद क्षेत्रमा सुरक्षा परिचालन गरी त्यस्ता व्यक्ति तथा समूहका गतिविधि निस्तेज गर्न गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई भनेको छ ।

सीमा क्षेत्रमा हुने चौपायको अवैध ओसारपसारलाई प्रभावकारीरूपमा नियन्त्रण गर्न पनि गृहले निर्देशन दिएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077