Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ढुङ्गा प्रहार गरी श्रीमतीले गरिन् श्रीमानको हत्या

ढुङ्गा प्रहार गरी श्रीमतीले गरिन् श्रीमानको हत्या

मंगलवार , कार्तिक ४, २०८२

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-६ पानीटंकीमा श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु भएको छ।

वर्ष ५५ को बुद्धसिं वाइबालाई घरायसी विवादका कारण श्रीमती वर्ष ४८ की राधिका वाइबा गत कात्तिक १ गते ढुंगाले टाउकोमा प्रहार गरी घाइते बनाएकी थिइन्।

उनको आज उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए।

ढुंगाले टाउकोमा प्रहार गरी घाइते भएका बुद्धसिंको सिन्धुली अस्पताल तथा थप उपचारको लागि सोही दिन बाँसबारी न्युरो अस्पतालमा लगिएको थियो। अस्पतालबाट चिकित्सकले थप उपचार नहुने भनी उनलाई घर फिर्ता पठाएका थिए।

घर फिर्ता भएपछि बुद्धसिंलाई सिराहाको कर्जन्हा नगरपालिका–५ स्थित ससुरालीमा राखिएको थियो।

श्रीमतीलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुली जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077