Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल तुर्कमेनिस्तानसँग पराजित

नेपाल तुर्कमेनिस्तानसँग पराजित

बुधवार , कार्तिक ५, २०८२

काठमाडौं । बंगलादेशमा बुधबार (कात्तिक ५)देखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ ।

ढाकास्थित इन्डोर हलमा भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको हो ।

तुर्कमेनिस्तानले नेपाललाई पहिलो सेटमा २५–२२ ले हराएको थियो । नेपाल दोस्रोमा २५–१८ र तेस्रो सेटमा २७–२५ ले पराजित भएको हो ।

अब नेपालले बिहीबार (कात्तिक ६) घरेलु टोली बंगलादेशसँग आफ्नो दोस्रो खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077