Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ आजदेखि प्रदर्शनमा

‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ आजदेखि प्रदर्शनमा

बिहिवार , कार्तिक ६, २०८२

काठमाडौं । तिहारको भाइटीकाको अवसर पारेर आज दुई नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ देशभर प्रदर्शनमा आएका छन् । दुबै चलचित्र फरक कथावस्तु र पात्र संयोजनका कारण दर्शकबीच चर्चा बटुलिरहेका छन्।

‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । पौडेलकै कथा र सम्पादन रहेको यस चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।

चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार चौधरी मुख्य भूमिकामा छन्।

वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा र आन्भी फिल्मसको सहकार्यमा बनेको यो चलचित्रका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन् । कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे रहेका छन्।

यस्तै, अर्को नयाँ चलचित्र ‘सोल्टिनी’लाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । सुवेदी र कुमार भट्टराईले यस चलचित्रको लेखन गरेका हुन्।

चलचित्रमा प्रकाश र परीक्षाको मुख्य भूमिकासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारको अभिनय देख्न सकिन्छ।

‘सोल्टिनी’का कार्यकारी निर्माता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ हुन्, जसले चलचित्रमा स्थानीय कथा र सामाजिक सन्देशलाई प्राथमिकता दिएको बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077