काठमाडौं । तत्कालका लागि चलचित्र ‘लालीबजार’को प्रदर्शन स्थगित गर्न अदालतले आदेश जारी गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही वैशाख २२ गतेसम्म चलचित्र प्रदर्शन नगर्न अन्तरिम आदेश दिएको हो ।
वादी समुदायका महिलाले भोग्ने संघर्ष र जीवन कथामा आधारित रहेको ‘लालीबजार’ चलचित्र निर्देशक यम थापाको निर्देशनमा बनेको थियो ।
तर चलचित्रमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै वादी समुदायका तर्फबाट रोशनी नेपालीले रिट दायर गरेकी थिइन् ।
सोही मुद्दाको प्रारम्भिक सुनुवाइपछि अदालतले प्रदर्शन रोक्ने आदेश दिएको हो।
उक्त चलचित्र वैशाख १८ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको थियो ।
यद्यपी केन्द्रीय चलचित्र जाँच समितिले सोमबार मात्रै यो फिल्मलाई युनिभर्सल प्रमाणपत्र दिइसकेको छ ।