Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी शहीदहरूको रगत नबिर्स भन्दै माइतीघरमा प्रदर्शन

जेनजी शहीदहरूको रगत नबिर्स भन्दै माइतीघरमा प्रदर्शन

शुक्रवार , कार्तिक ७, २०८२

काठमाडौं । शहीदको रगत खेर नजाओस् भन्दै जेनजी युनाइटेडले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

परिवर्तनको माग गर्दै आन्दोलित भएका युवाहरूले शहीदको बलिदानलाई बिर्सन नहुने भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’, ‘शहीदहरूको रगत नबिर्स’, ‘देशका घाउहरू हाम्रो जिम्मेवारी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

प्रदर्शनमा सहभागी जेनजी युवाहरुले मुलुकको विकास र समृद्धिको लागि सबै जेनजीहरू एक हुनुपर्ने बताएका छन् ।।

‘नेपाली झण्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका उनीहरूले जेनजी समूहलाई एकताबद्ध गर्न सरकारले समेत सहयोग गर्नुपर्ने माग राखेका छन् ।

प्रदर्शनमा बालबालिकाहरू र शहीद परिवारका सदस्यहरू पनि सहभागी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077