Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालले दृष्टिविहीन टी–२० विश्वकपमा भाग लिने

नेपालले दृष्टिविहीन टी–२० विश्वकपमा भाग लिने

शुक्रवार , कार्तिक ७, २०८२

काठमाडौं । पहिलो संस्करणको महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले सहभागिता जनाउने भएको छ ।

दृष्टिविहीन क्रिकेटको इतिहासमै पहिलोपटक महिला विश्वकप आयोजना हुन लागेको नेपाल दृष्टिविहीन क्रिकेट संघले जनाएको छ ।

संघका अनुसार, पहिलो संस्करणको च्याम्पियनसिप आगामी नोभेम्बर ११ देखि २३ तारिखसम्म भारत र श्रीलंकामा आयोजना हुँदै छ ।

प्रतियोगितामा नेपालसहित भारत, अस्ट्रेलिया, अमेरिका, पाकिस्तान, श्रीलंका र इङ्ल्यान्डको सहभागिता रहनेछ ।

आज सार्वजनिक गरिएको खेल तालिकामा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । पहिलो खेल नोभेम्बर १२ तारिखमा हुनेछ । त्यसपछि नेपालले नोभेम्बर १४ मा भारतसँग खेल्नेछ ।

नेपाली टोलीले नोभेम्बर १५ तारिखमा इङ्ल्यान्ड र नोभेम्बर १६ मा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । यी सबै खेल भारतमा नै हुनेछन् ।

त्यसपछि नेपाली टोली श्रीलंका पुगेर नोभेम्बर १८ मा अस्ट्रेलिया र नोभेम्बर १९ मा पाकिस्तानसँग खेल्नेछ ।

प्रतियोगिताको फाइनल खेल नोभेम्बर २३ मा श्रीलंकाको कोलम्बोमा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077