काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको डीआइजीका पाँच पदमा भएको बढुवा सिफारिस विवादमा परेको छ । बढुवामा विवादास्पदहरुले नै प्राथमिकता पाएका छन्।
सबैभन्दा सिनियर रहेका एसएसपी शारदा प्रसाद चौधरी यसपटक पनि बढुवामा छुटेका छन्।
त्यस्तै, ११२ को टोलीबाट पहिलो नम्बरमा रहेको विश्व अधिकारीमाथि अन्याय भएको छ । जेनजी आन्दोलन हुँदा काठमाडौं परिसरको प्रमुख रहेको आधारमा उनलाई छुटाइएको छ । जबकी त्यो घटनामा उनको भूमिकाबारे छलफल नै भएको छैन ।
अधिकारीलाई छुटाएर भूपेन्द्र खत्रीलाई पहिलो नम्बरमा राखिएको छ। विगतमा नेविसंघको राजनीति गरेका खत्री कांग्रेस नेता पूर्णबहादुर खड्काको विश्वासपात्र मानिन्छन् ।
त्यस्तै, दोस्रो नम्बरमा बढुवा गरिएका सानुराम भट्टराई केपी ओलीका पूर्वपिएसओ हुन्। कार्यक्षमतामा कमजोर भट्टराईमाथि राष्ट्रिय मानव अधिकार आयोगले समेत छानविन गरिरहेको छ । यसरी राजनीतिक सन्तुलन मिलाउन उनीहरुलाई बढुवा गरिएको आशंका गरिएको छ ।
तेस्रो नम्बरमा ओमप्रसाद अधिकारी, चौथोमा शेखर खनाल र पाँचौमा अविनारायण काफ्ले परेका छन्। सो ब्याचका सोमेन्द्रसिंह राठौरलाई छुटाएर काफ्लेलाई बढुवा गरिएको छ ।
काफ्ले आईजीपी चन्द्रकुबेर खापुङका गाउँले हुन्। सोही निकटताका आधारमा उनले काफ्लेलाई बढुवामा पारेर सिनियर र क्षमतावान अधिकृतमाथि अन्याय गरेका छन् ।
अझ बढुवामा एक जना पनि महिला राखिएको छैन । तारादेवी थापा र गंगा पन्त बढुवाका दाबेदार थिए। दुवै जनालाई छुटाइएको छ ।