काठमाडौं । नेपाल प्रहरीका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रामकुमार चौधरी प्राविधिक प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस भएका छन् ।
आज बसेको बढुवा समितिको बैठकले चौधरीलाई बढुवाका लागि सिफारिस गरेको हो ।
हाल उनी प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग भौतिक पूर्वाधार महाशाखा नक्सालमा कार्यरत छन् ।
उनी प्राविधिक समूहतर्फको इन्जिनियरिङ उपसमूह तर्फ कार्यरत छन् ।