Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रमुख अतिथि बनाएर रिबन काट्न नबोलाउनुहोस्: शिक्षामन्त्री पुन

प्रमुख अतिथि बनाएर रिबन काट्न नबोलाउनुहोस्: शिक्षामन्त्री पुन

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले आफूलाई उद्घाटन र शिलान्यास जस्ता कार्यक्रमहरूमा नबोलाउन अनुरोध गरेका छन्।

उनले प्रमुख अतिथि हुने कुनै पनि औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा निम्तो नपठाउन अनुरोध गरेका हुन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्री पुनले भनेका छन्- 'कृपया कसैले पनि कहीबाट पनि म हालको मन्त्रीलाई उद्घाटन शिलान्यास कार्यक्रम, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रममा निमन्त्रण गर्दै नगर्नु होला।'

आफू युनेस्कोको महासभाको उज्बेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सिलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नगएको जानकारी दिंदै उनले अत्यावश्यक काममा मात्र मन्त्रीहरू विदेश गएका स्पष्ट पारे ।

मन्त्री पुनले अत्यावश्यक र नगई नहुने महत्त्वपूर्ण बैठक तथा कामहरूमा मात्र केही मन्त्रीहरू विदेश गएको स्पष्ट पारेका छन्। उनले ‘विदेश घुम्यो’ भन्ने हल्ला नगर्न पनि आग्रह गरेका छन् ।

'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077