Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन ऊर्जामन्त्री भारत प्रस्थान

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन ऊर्जामन्त्री भारत प्रस्थान

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आईएसए सम्मेलनमा भाग लिन भारत प्रस्थान गरेका छन् ।

४० भन्दा बढी देशका मन्त्री सहभागी हुने आठौं सभा नयाँदिल्लीमा १०-१३ कात्तिकमा हुनेछ ।

आईएसएमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र उर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रुपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल हुनेछ ।

उक्त सम्मेलनमा मन्त्री घिसिङले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–२१ को २१औँ सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएको थियो।

आईएसएको स्थापना सम्बन्धमा संरचना सम्झौतालाई प्रतिनिधि सभाले अनुमोदन गरेपछि नेपाल १०१ औं सदस्य राष्ट्रको रुपमा २०८१ को भदौमा आइएसएमा आबद्ध भएको थियो ।

नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो ।

सम्मेलनमा सहभागी मन्त्री घिसिङ बुधबार स्वदेश फर्कनेछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077