Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंदेखि जनकपुर र विराटनगरसम्म छठको उत्सव

काठमाडौंदेखि जनकपुर र विराटनगरसम्म छठको उत्सव

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । आज कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व। आज साँझ अस्ताउँदो सूर्य र भोली उधाउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिएर छठ पर्व मनाइँदैछ। मिथिलाञ्चल मूल थलो भएकाहरूले श्रद्धा र निष्ठाका साथ यो पर्व मनाईंदै आएको छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवको आराधना गरिएको थियो।

त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठपर्व मनाउने परम्पराको थालनी भएको बताइन्छ।

​सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको बताइन्छ। मुख्य दिन शुक्ल षष्ठी भए पनि छठ चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ।

​कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ। दोस्रो दिन पञ्चमीमा सख्खर हालेर बनाइएको खीर ९खरना० षष्ठी मातालाई चढाई प्रसादस्वरूप खाने परम्परा छ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिने विधि विधान छ। षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ।

कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अर्घ्य दिएमा चर्म (छाला) रोग लाग्दैन भन्ने विश्वास छ।

विशेषगरी मिथिलाञ्चलको महान् पर्व छठ अहिले तराई मधेशभर मात्र नभई काठमाडौं उपत्यकामा समेत धुमधामसहित मनाइन्छ। छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरी, बागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ।

विराटनगरको हाटखोलास्थित सिंघिया घाटमा पनि यतिबेला व्रतालुहरू अस्ताउँदो सूर्यलाई अर्घ्य दिँएर जाग्राम बसिरहेका छन् ।

त्यसैगरी जनकपुरका जलाशयहरु पनि आज रंगिचंगि बनाइएका छन् । छठ पर्वका लागि जनकपुरको जलाशयलाई आकर्षक पण्डालले सजाइएको छ भने त्यहाँ लगाइएको बिजुलीको झिलिमिली बत्तीले जलाशयको सुन्दरता बढाएको छ । जनकपुरको गंगा सागर, धनुष सागर, अरगजा सर, बिडाल सर, रुकमिणी सरलगायतका पोखरीमा छठ पर्व मनाउने र हेर्नेको घुइँचो लागेको छ ।

छठ पर्वमा पूजा गर्न संघीय सरकारका तीन मन्त्री र इजरायली राजदूत पनि जनकपुर पुगेका छन् ।

संघीय सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता सोमबार अपराह्न हवाई मार्गबाट जनकपुर आइपुगेका छन् । संघीय सरकारका तीनैजना मन्त्री साँझ जनकपुरको गंगा सागरको दक्षिणी डिलमा रहेको दुईतले घाटबाट छठ पूजाको अवलोकन गर्नेछन् । मन्त्रीहरूसँगै गृह सचिव रामेश्वर दंगाल पनि छठ पूजा हेर्न जनकपुर आइपुगेका छन् ।

यस्तै, नेपालका लागि इजरायलका राजदूत खनान गोडेर पनि छठ पर्व हेर्न जनकपुर आइपुगेका छन् । उनी सोमबार साँझ गंगा सागर पोखरीमा पुगेर छठ पूजा अवलोकन गर्नेछन् ।

यता, प्रधानमन्त्री सुशीला कार्की भने कमलपोखरीमा पुगेर छठ पूजामा सहभागी भइन् । प्रधानमन्त्री कार्कीले सूर्यसहित छठी माताको पूजा आराधना गरेकी छिन् ।

जनकपुरको छठ पर्व हेर्न आउने पर्यटकले यहाँको होटल भरिभराउ छ । छठका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077