Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व आज समापन गरिंदै

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व आज समापन गरिंदै

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ पर्व समापन गरिँदैछ। चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्वका व्रतालुले मंगलबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेर ब्रत समापन गर्न लागेका हुन्। यसअघि व्रतालुले सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए।

छठको मिथिलाञ्चलको महान् पर्व हो। यसको विधि कार्तिक शुक्ल चतुर्थीका दिन शुरु भई सप्तमीमा समापन हुन्छ। चौथीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ। यसलाई ‘नहाय खाए’ भनिन्छ। दोस्रो दिन पञ्चमीमा सख्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई प्रसादस्वरूप खाने परम्परा छ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिने विधि विधान छ। षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ।

विधिपूर्वक सूर्यको पूजाआराधना गरी अर्घ्य दिएमा चर्म (छाला) रोग लाग्दैन भन्ने विश्वास छ।

विशेषगरी मिथिलाञ्चलको महान् पर्व छठ अहिले तराई त्यहाँ मात्र नभई काठमाडौँ उपत्यकामा समेत मनाइन्छ। छठ पर्वको अवसरमा सरकारले हिजो एक दिन सार्वजनिक विदा दिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077