रूपन्देही। रूपन्देहीमा विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सैनामैना नगरपालिका-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम विक रहेका छन्।
दुर्घटनामा अन्य चार जना घाइते छन्। घाइते हुनेमा चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन्।
रूपन्देही सिटी अस्पतालमा उपचाररत चारमध्ये तीन जनाको अवस्था गम्भीर रहेको रूपन्देही प्रहरीले जनाएको छ ।
कपिलवस्तुबाट भैरहवा जाँदै गरेको प्रदेश ०१-००६ ख ७७८२ नम्बरको मंगलबार राति गैडहवा गाउँपालिक-३ रुद्रपुरमा दुर्घटना भएको थियो।
अनियन्त्रित्र भएर सडकछेउमा रहेको रुखमा ठोक्किएर भएको दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई कपिलवस्तुको पिपरा अस्पताल पुर्याइएको थियो।
अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।