Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डोटीमा ईभी गाडी दुर्घटना, चारजना घाइते

डोटीमा ईभी गाडी दुर्घटना, चारजना घाइते

शनिवार , चैत्र २१, २०८२

अछाम । दिपायल सिलगढी नगरपालिका–५ चिसापानीमा शनिबार बिहान ईभी (इलेक्ट्रिक सवारी) दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

धनगढीबाट अछाम (चौखुटे) तर्फ आउँदै गरेको सुपप्र ०२ ००१ ज ०२३९ नम्बरको ईभी बिहान करिब साढे ४ बजे दुर्घटनामा परेको हो । गाडीमा सवार १५ जनामध्ये ४ जनालाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइतेहरूको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको छ। प्रहरीका अनुसार घाइते हुनेहरूमा पूर्वीचौकी गाउँपालिका–५ नुवाघरकी ५१ वर्षीया अमृता साउँद (छातीमा चोट, अवस्था मध्यम), सोही स्थानका २६ वर्षीय प्रकाश साउँद (घुँडामा चोट, अवस्था सामान्य), चौरपाटी गाउँपालिका–६ दुनीकी २५ वर्षीया कला साउँद (हात र ढाडमा चोट, अवस्था मध्यम) र चौरपाटी–१ बयालीकी १९ वर्षीया कमला थापा (टाउकोमा चोट, अवस्था सामान्य) रहेका छन् । गाडीमा अधिकांश दुनीका यात्रुहरु रहेको बुझिएको छ ।

दुर्घटनामा गाडी चालक अछाम चौरपाटी गाउँपालिका–१ सिउँडी निवासी अन्दाजी ४५ वर्षीय शंकर शाह रहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077