Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

शनिबार बिहानसम्म उपत्यकासहित देशका अधिकांश भागमा वर्षा

शनिबार बिहानसम्म उपत्यकासहित देशका अधिकांश भागमा वर्षा

बिहिवार , कार्तिक १३, २०८२

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने बताएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताइन्।

‘मौसमविद्ले भनिन्- 'काठमाडौं उपत्यकाकै हकमा पनि आज दिनभर मौसम खुल्ने सम्भावना छैन ‘बीचबीचमा वर्षा केही बेर रोकिने, तर फेरि पानी पर्ने भइरहने सम्भावना छ।'

आगामी २४ घण्टा काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहे पनि बेलुकासम्म वर्षाको मात्रा मध्यमसम्म पुग्ने अनुमान रहेको उनले बताइन्।

उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उनले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताए।

साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उनले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताइन् ।

आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा एकदुई भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिइन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077