Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात, राजमार्ग र विद्युत् सेवा अवरुद्ध

सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात, राजमार्ग र विद्युत् सेवा अवरुद्ध

शनिवार , माघ १०, २०८२

बैतडी। भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन्।

बैतडीको अनारखोली, खोडपे, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए राति देखि नै अवरुद्ध रहेका हुन्।

रातिदेखि नै राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

सिंहका अनुसार रातिको भारी हिमपातले राजमार्ग र विद्युत् सेवा ठप्प छन् । पुनः सञ्चालनका लागि पहल सुरु गरिएको छ ।

हिमपातले सुदूर पहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध

त्यस्तै, डडेल्धुराको साहुखर्क, हगुल्टेल क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको छ । दार्चुला, बझाङ, डोटी र डडेल्धुराका उच्च लेकाली भेगमा पनि शुक्रबार बेलुकादेखि वर्षासँगै हिमपात भएको प्रहरीले जनाएको छ ।

यो वर्ष पहिलो पटक परेको हिउँदे वर्षा र हिमपातपछि यहाँका किसानहरूले खुसी व्यक्त गरेका छन् । चार महिनादेखि वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएको अवस्थामा अब बाली सप्रिने अपेक्षा गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077