Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यूएईविरुद्ध टस जितेको नेपाल ब्याटिङमा

यूएईविरुद्ध टस जितेको नेपाल ब्याटिङमा

बिहिवार , कार्तिक १३, २०८२

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत संयुक्त अरब इमिरेट्स यूएई विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ।

अमेरिकासँग आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय खेलिरहेको नेपाल निकै खराब लयबाट गुज्रिरहेको छ।

हालसम्म १७ खेल खेलिसकेको नेपालले पाँच जित र १० हारको नतिजा निकालेको छ। दुई खेल भने विना नजिता टुंगिएको थियो।

खराब लयकाबीच नेपालले आज प्रतियोगितामा कमजोर प्रदर्शन गरिरहेको अर्को टोलीको सामना गर्दैछ। र त्यो हो युएई। युएईले हालसम्म १७ खेल खेल्दा १४ हार बेहोरिसकेको छ। हाल अंक तालिकामा नेपाल सातौं तथा युएई आठौं स्थानमा छन्।

खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। नेपाललाई जितको लय समात्ने यो सुनौलो अवसर हुनेछ।

नेपाल रोहितकुमार पौडेल तथा यूएई राहुल चोपराको कप्तानीमा मैदान उत्रिँदैछन्। शृंखलाको पहिलो खेलमा दुवै टोली अमेरिकासँग पराजित भएका थिए।

विश्व क्रिकेटमा नेपाल र यूएई चिरपरित प्रतिद्धन्द्धी हुन्। आफ्नो एकदिवसीय मान्यता जोगाउन संघर्षरत यी दुई टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच १५ खेल भएका छन्। जसमा नेपाल ९ र यूएई ६ खेलमा विजयी भएको छन्। पछिल्ला पाँच खेलमा भने नेपाल युएईमाथि हाबी भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077