Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

शनिवार , कार्तिक १५, २०८२

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले अमेरिकासामू २७२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

युएईको आईसीसी एकेडेमी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव ५ बलमा अलआउट हुँदै २७१ रन बनायो।

​नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ तथा करण केसीले ४९ रन बनाए। कुशल भुर्तेलले ४७ तथा भीम सार्कीले ४३ रन जोडे। कप्तान रोहित पौडेलले ३६ रन जोडे। गुल्शन झा ५ रनमा आउट हुँदा आरिफ र आशिफ शेखले २–२ रन जोडे।

बलिङतर्फ हर्मित सिंले सर्वाधिक ३ विकेट लिए।

जारी प्रतियोगितामा नेपाल जितविहीन छ। पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित नेपाल दोस्रो खेलमा युएईसँग पनि पराजित भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077