Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

बैतडीमा भीरबाट लडेर तीनजनाको मृत्यु

बैतडीमा भीरबाट लडेर तीनजनाको मृत्यु

बिहिवार , कार्तिक १३, २०८२

बैतडी । भीरबाट लडेर बैतडीमा तीनजनाको मृत्यु भएको छ।

जिल्लाको मेलौली नगरपालिका ७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका ५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका ७ ढाँणकी ५८ वर्षीया हरुली कार्कीको भीरबाट लडेर मृत्यु भएको हो।

बुधवार शिवनाथ धाममा जात्रा हेर्न गएका भीमसिंह घर नफर्केपछि प्रहरीले खोजतलास गर्दै जाँदा आज दिउँसो भीरमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।

उनका अनुसार शिवनाथ–६ ओल्या भीरभन्दा करिब ५०० मिटर तल भीमको शव फेला परेको हो।

इन्द्रसिंहको पनि शिवनाथ जात्राबाट फर्किने क्रममा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, बुधवारदेखि हराइरहेकी हरुली कार्कीको खोजी गर्दा भीरबाट लडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक बडूले जानकारी दिए।

न्यौटे भन्ने ठाउँमा खर काट्ने क्रममा उनको भीरबाट लडेर मृत्यु भएको जनाइएको छ। तीनवटै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077