काठमाडौं । काठमाडौं महानगरले थापाथलीस्थित बागमती किनारमा रहेको राम मन्दिर परिसरमा आज डोजर चलाएको छ ।
अवैध भौतिक संरचना हटाउन काठमाडौं महानगरले डोजर चलाएको हो ।
शुक्रबार बिहान मात्रै महानगरले अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गर्न सूचना गरेको छ ।
थापाथली चोकको दायाँतर्फ रहेको मन्दिर छेउछाउमा जस्ताका टहरा बनाइएका थिए।
१२ मंसिर २०७९ मा पनि महानगरले यही बस्ती खाली गराउने प्रयास गरेको थियो ।
त्यतिबेला अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाको टोली बस्ती खाली गराउने सूचना पाएपछि उक्त क्षेत्रका स्थानीयहरु प्रर्दशन गरेका थिए ।
