Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं महानगरले भन्यो- आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घरमै राख्नु

काठमाडौं महानगरले भन्यो- आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घरमै राख्नु

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं . काठमाडौं महानगरपालिका,वातावरण व्यवस्थापन विभागले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घररकम्पाउण्डमा सुरक्षित तवरले राख्न र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न आग्रह गरेको छ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएपछि महानगरपालिकाले आज९शुक्रबार० सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।

महानगरपालिकाले भनेको छ- 'काठमाडौं उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहर विसर्जनमा अवरोध भएकोले फोहर विसर्जन गर्न नसकिएको हुँदा अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घररकम्पाउण्डमा सुरक्षित तवरले राख्नुहुन र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनुरोध छ।'

स्थानीयबासीका अवरोधका कारण बुधबारदेखि बञ्चरेडाँडामा फोहर विसर्जन हुन सकेको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077