Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

अब पोखरामा पनि प्रहरीको पेट्रोल पम्प, आईजीपी खापुङले गरे उद्‍घाटन

अब पोखरामा पनि प्रहरीको पेट्रोल पम्प, आईजीपी खापुङले गरे उद्‍घाटन

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले कास्की पोखरा महानगरपालिका-६ सहिदचोकस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको परिसरमा नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्‌घाटन गरेका छन् ।

प्रहरी महानिरीक्षक खापुङले नेपाल प्रहरी प्रधान कार्यालयबाट शुक्रबार भर्चुअल माध्यममार्फत उक्त पेट्रोल पम्पको उद्‍घाटन गरेका हुन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम राख्न हरेक क्षेत्र तथा समुदायसँग सहकार्य गर्दै आइरहेको चर्चा गर्दै आज उद्‌घाटन भएको प्रहरी पेट्रोल पम्पले गुणस्तरीय इन्धन उपलब्ध गराउनुको साथै नागरिक र प्रहरीबीचको समन्वय, सहकार्य र विश्वासमा समेत थप टेवा पुग्ने बताए ।

प्रहरी महानिरीक्षक खापुङले नेपाल प्रहरी शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य संगठनको रूपमा रहेको बताउँदै सो भरोसालाई जीवन्त बनाई राख्न आम जनअपेक्षा अनुरूपको नागरिकमैत्री कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की एवम् कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले धन्यवाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा नेपाल प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापाले स्वागत मन्तव्य राखे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077