Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मध्यरातमा बालेनको अश्लील स्टाटस, सामाजिक सञ्जालमा चर्को अलोचना

मध्यरातमा बालेनको अश्लील स्टाटस, सामाजिक सञ्जालमा चर्को अलोचना

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फेरि आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका छन् ।

प्रायः सामाजिक सञ्जालमार्फत आफ्ना विचार सार्वजनिक गर्ने शाहले शनिबार मध्यराति फेसबुकमा लेखेको एक स्टाटसले व्यापक प्रतिक्रिया र आलोचना निम्त्याएको छ ।

उक्त स्टाटसमा उनले छिमेकी मुलुकहरू चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरू कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपा — का नाम उल्लेख गर्दै आपत्तिजनक तथा अशिष्ट शब्दहरू प्रयोग गरेका थिए।

स्टाटस सार्वजनिक भएको केही मिनेटमै तीव्र आलोचना बढेपछि शाहले उक्त पोस्ट हटाएका थिए । तर, त्यसअघिनै कयौँ प्रयोगकर्ताले स्क्रिनसट लिएकाले स्टाटस अहिले पनि सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ।

शाहको उक्त अभिव्यक्तिप्रति प्रयोगकर्ताहरूले मिश्रित प्रतिक्रिया जनाएका छन्। केहीले मेयरको ‘भावनात्मक प्रतिक्रिया’ भन्दै बचाउ गरेका छन् भने धेरैले राजधानीका प्रमुख सार्वजनिक पदाधिकारीबाट यस्तो अशोभनीय शब्द प्रयोग हुनु आपत्तिजनक र गैरजिम्मेवार ठहराएका छन्।

अधिकांशले उनलाई नसाको तालमा स्टाटस लेखेको आरोप लगाइरहेका छन् । यसअघि पनि मेयर शाह सामाजिक सञ्जालका अभिव्यक्तिहरूका कारण विवादमा परिरहँदै आएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077