Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलको निजी निवास निरीक्षणमा गृहमन्त्री अर्याल

राष्ट्रपति पौडेलको निजी निवास निरीक्षणमा गृहमन्त्री अर्याल

सोमवार , कार्तिक १७, २०८२

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवास निरीक्षण गरेका छन् ।

बोहोराटारस्थित राष्ट्रपति पौडेलको निवासमा पुगेर उनले निरीक्षण एवं क्षतिबारे जानकारी लिएका हुन् ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड र आगजनी गरिएको थियो ।

निरीक्षणको क्रममा गृहमन्त्री अर्यालले विषम परिस्थितिमा राष्ट्रपति पौडेलले खेलेको भूमिकाको प्रशंसा गर्दै परिवारसँग सल्लाह गरेर क्षतिग्रस्त घरको मर्मतसम्हार गर्ने बताए ।

निरीक्षणको क्रममा गृहमन्त्रीले भने- 'जुन अवस्थामा देश पुगेको थियो, त्यस्तो विषयम परिस्थितिबाट निकास दिनका लागि उहाँले खेलेको भूमिका महत्त्वपूर्ण छ । उहाँको सम्पत्तिबारे राज्यले चासो राख्नु आवश्यक छ ।'

निरीक्षणमा मन्त्री अर्यालसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायतको उपस्थिति थियो ।

त्यस्तै उनीहरु बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गर्न पुगेको थिए । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्तको स्थानीयको सहकार्यमा पुनःनिर्माण सुरु भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077