Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यलुङ रि हिमालमा हिमपहिरो: ३ जनाको मृत्यु, ८ जना बेपत्ता

यलुङ रि हिमालमा हिमपहिरो: ३ जनाको मृत्यु, ८ जना बेपत्ता

सोमवार , कार्तिक १७, २०८२

दोलखा। दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।

सोमबार बिहान १०:३० बजे गएको हिमपहिरोमा परी तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, दोलखाका डीएसपी जानकुमार महतोका अनुसार ८ जना हराइरहेका छन् ।

१५ जनाको टोली नेपाली गाइडसहित नाँ गाउँबाट हिमाल आरोहण गर्न भनी निस्किएको थियो । हिँडेको डेढ घन्टापछि पहिरो गएको महतोले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दोलखाको डीएसपी ज्ञान कुमार महतोका अनुसार निधन हुनेमा एक विदेशी र दुई नेपाली छन्।

उनका अनुसार उद्दारका लागि हेलिकप्टर तयार रहेको तर मौसमका कारण जान सकिरहेको छैन । स्थानीयको सहयोगमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना उनको खोजी कार्यमा खटिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077