Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

६१ किलो सुन तस्करी प्रकरण : जीवन चलाउनेविरुद्ध २ अर्ब ७ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

६१ किलो सुन तस्करी प्रकरण : जीवन चलाउनेविरुद्ध २ अर्ब ७ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

सोमवार , कार्तिक १७, २०८२

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दुई अर्ब सात करोड ६२ लाख रुपैयाँबराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ ।

मष्टा ग्रुप प्रालिका सञ्चालकसमेत रहेका चलाउनेले सुन तस्करीबाट कमाएको रकम प्रयोग गरी देशका विभिन्न जिल्लामा जग्गा खरिद गरेको प्रमाण फेला परेपछि विभागले सोमबार उक्त मुद्दा दायर गरेको हो ।

अनुसन्धानका क्रममा चलाउनेले झापा, काठमाडौं, रौतहट र काभ्रेपलाञ्चोकमा ३२ कित्ता जग्गा खरिद गरेको पाइएको छ, जसको अनुमानित मूल्य करिब १५ करोड ३० लाख रुपैयाँबराबर रहेको विभागले जनाएको छ । साथै, काठमाडौंको गोठाटारस्थित घरजग्गा उनले अन्य व्यक्तिका नाममा खरिद गरेको पनि खुलेको छ।

अभियोगपत्रका अनुसार, चलाउनेले अवैध सुन कारोबारबाट प्राप्त रकमसहित कुल दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँ शुद्धीकरण गरेको पुष्टि भएको छ। अभियोगपत्रमा भनिएको छ, 'चलाउनेले खरिद गरेको जग्गाको मूल्य, विदेशबाट ल्याएको ६० किलो ७१६ ग्राम सुन (प्रतितोला रू. १,१२,५०० का दरले) र हिमालयन बैंकमा रहेको खातामार्फत कारोबार गरी निःसर्ग गरेको रकम गरी जम्मा रू. २,०७,६२,१३,५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको ठहरियो।'

अनुसन्धानमा चलाउनेको सम्बन्ध बेल्जियम नागरिक दावा छिरिङसँग समेत रहेको खुलासा भएको थियो । यसअघि सुन तस्करीमा सीआईबीले दावा, जीवनसहित २९ जनालाई प्रतिवादी बनाएर मुद्धा दायर गरेको थियो ।

राजस्व अनुसन्धान विभागले २०८० साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाइएका सुन बरामद गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077