Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालमा फेरि पश्चिमी वायुको प्रभाव, कहाँ छ वर्षाको सम्भावना ?

नेपालमा फेरि पश्चिमी वायुको प्रभाव, कहाँ छ वर्षाको सम्भावना ?

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले अझै दुई दिन देशका केही ठाउँमा वर्षाको सम्भावना रहेको छ ।

हाल कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आजराति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077