Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काभा महिला यु-१९ च्याम्पियनसिप: नेपाल र कीर्गिस्तान खेल्दै

काभा महिला यु-१९ च्याम्पियनसिप: नेपाल र कीर्गिस्तान खेल्दै

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं। श्रीलंकामा हुने काभा महिला यू–१९ च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक श्रीलंका र माल्दिभ्स आमनेसामने हुनेछन्। त्यसपछि दोस्रो खेलमा नेपालले कीर्गिस्तानको सामना गर्नेछ। खेल नेपाली समयअनुसार साँझ ५:१५ बजे सुरु हुनेछ।

यस प्रतियोगितामा जम्मा चार टोली-श्रीलंका, नेपाल, कीर्गिस्तान र माल्दिभ्स-सहभागी छन्। सबै टोलीले एक-अर्काविरुद्ध राउन्ड-रोबिन चरणमा प्रतिस्पर्धा गर्नेछन्।

लिग चरणपछि अंक तालिकाको शीर्ष टोलीले चौथो स्थानमा रहने टोलीसँग र दोस्रो टोलीले तेस्रो स्थानमा रहने टोलीसँग सेमिफाइनल खेल्नेछ।

फाइनल र तेस्रो स्थानका लागि खेल कात्तिक २३ गते हुने तय गरिएको छ।

गत वर्ष भएको महिला यु २० च्याम्पियनसिपमा नेपालले कास्यपदक जितेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077