Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

 दलहरूलाई पूर्वराष्ट्रपति भण्डारीको सुझाव- पार्टीहरू टुट्नु फुट्नु राम्रो होइन, मतभेद पार्टीभित्रै समाधान गरेर अघि बढ्नु राम्रो

 दलहरूलाई पूर्वराष्ट्रपति भण्डारीको सुझाव- पार्टीहरू टुट्नु फुट्नु राम्रो होइन, मतभेद पार्टीभित्रै समाधान गरेर अघि बढ्नु राम्रो

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरू सुसंगठित भएर अघि बढ्नुपर्ने बताएकी छन्।

प्रतिलिपि नागरिकता लिन मंगलवार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेकी उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै राजनीतिक दलहरू टुट्नु फुट्नु राम्रो नभएको बताएकी हुन्।

उनले पार्टीभित्रका मतभेद भए अन्तर्संघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्ने र राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहरू एक हुनुपर्ने बताइन्।

उनले भनिन्- 'पार्टीहरू टुट्नुफुट्नु राम्रो कुरा होइन, पार्टीहरू सुसंगठित भएर पार्टीभित्र केही मतभेद छ भने अन्तरसंघर्ष गरेर अघि बढ्नुपर्छ। राष्ट्रको शान्तिका लागि पनि पार्टीहरू पनि सुदृढ हुने र अन्तरसंवाद गरेर अघि बढ्ने, मतभेद पार्टीभित्रै समाधान गरेर अघि बढ्नु राम्रो हो।'

उनले ताजा जनादेशका लागि अहिलेको सरकार गठन भएको बताउँदै निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्ने बताइन्।

यस्तै  सुरक्षाकर्मीहरूका हातहतियार लुटिएको भन्दै गल्ती गर्नेहरूलाई कानूनी दायरामा ल्याउनुपर्ने समेत बताइन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077